पूर्व शिक्षामन्त्री पौडेलको निधनका कारण प्रचण्ड मर्माहत

शुक्रबार, जेष्ठ ३१, २०७६



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व शिक्षामन्त्री तथा पार्टी केन्द्रीय सदस्य  धनीराम पौडेलको निधनप्रति  सामाजिक सञ्जाल मार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन् । पौडेलको शुक्रबार बिहान चितवनको माडीस्थित  आफ्नै निवासमा हृदयघातका कारण निधन भएको हो ।

‘हाम्रो पार्टीका केन्द्रीय सदस्य तथा पूर्व शिक्षा मन्त्री कमरेड धनीराम (डि.  आर.) पौडेलको असामयिक निधनले मर्माहत बनाएको छ ।’,  उनले फेसबुकमा लेखेका छन् । ‘यस दुःखद् घडीमा दिवंगत पौडेलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनहरुमा हार्दिक समवेदना व्यक्त गर्दछु ।’

पौडेल बिहीबार मात्रै आफ्नो निर्माणाधीन घर ढलानका लागि चितवन पुगेका थिए । उनका दुई छाेरी र श्रीमती छन्।

हाम्रो पार्टीका केन्द्रीय सदस्य तथा पूर्व शिक्षा मन्त्री कमरेड धनीराम (डि. आर.) पौडेलको असामयिक निधनले मर्माहत बनाएको छ । यस दुःखद् घडीमा दिवंगत पौडेलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनहरुमा हार्दिक समवेदना व्यक्त गर्दछु ।

 

यो पनि पढ्नुहोस्,

पूर्वशिक्षामन्त्री धनीराम पौडेल रहेनन्

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata