हत्यारालाई कारवाहीको माग गर्दै धनगढी बन्द

मङ्लबार, मंसिर ४, २०७५



धनगढी । विजय थापाका हत्यारा सार्वजनिक गर्न माग गर्दै धनगढीमा बन्द गरिएको छ । धनगढी उपमहानगरपालिका–४, उत्तरबेहडीका थापाको ५ दिनअघि हत्या भएको थियो । हत्यारालाई कारबाहीको माग गर्दै स्थानीय र मृतकका आफन्तले गरेको बन्दले प्रदेश अस्थायी राजधानी धनगढी बजार ठप्प भएको छ । बजार पूर्ण रुपमा बन्द छ भने यहाँ उद्योग, व्यवसायमा पनि बन्दको प्रभाव देखिन्छ । हत्यामा संलग्न सार्वजनिक गर्न माग गर्दै आफन्तजन र स्थानीयले चार दिनदेखि आन्दोलन गरिरहेका छन् ।

बिगत पाँच दिन अघि हत्या गरिएका विजयको हत्या मा संग्लग्न मानिएका आशिष् भन्ने युवालाई प्रहरीले पक्राउ गरेर लुकाएर राखेको कारण भन्दै उसलाई खुला गर्नु पर्ने माग राख्दै हत्याको बारेमा सत्य तथ्य बाहिर ल्याउन माग राखेका छन। पाँच दिन देखि सव नजलाइएको र हत्याको बिस्तृत विवरण बाहिर नल्याए सम्म सव नजलाउने मृतकको आमाले मिडियालाई बताएकी छिन ।

प्रहरीले दोषी सार्वजनिक नगरेसम्म शव नउठाउने अडान आफन्तको छ । मृतककी आमा सीतादेवी थापाले हत्यारा सार्वजनिक नगरेसम्म शव नबुझ्ने बताइन् । टाउकोमा चोट लागेर रक्ताम्य अवस्थामा रहेका विजयलाई स्थानीय आशिष सेठीले घिसारेर सडकमा ल्याउन लागेको देखेपछि घरभित्र रहेका दिपेन्द्र चौधरीले प्रहरीलाई खबर गरेका थिए । सेठीलाई पक्राउ गरिए पनि प्रहरीले सार्वजनिक गरेको छैन ।

216 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank