अत्यधिक चिसो बढेपछि धनगढीमा चार दिन विद्यालय बिदा

मङ्लबार, पुस १५, २०७६



अत्यधिक चिसो तथा शीतलहरका कारण सुदूरपश्चिम प्रदेशमा जनजीवन कष्टकर बन्न थालेको छ । चिसो बढ्दै गएपछि विशेषगरी बालबालिका र वृद्ध र वृद्धा बढी प्रभावित भएका छन् ।

चिसोले स्कुले बालिकालाई झनै समस्या भएको छ । चिसो बढ्दै गएपछि धनगढी उपमहानगरपालिकाले चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

शीतलहरूसँगै अत्यधिक चिसो बढेपछि बालबालिका प्रभावित हुन थालेपछि विद्यालयमा बिदा दिने निर्णय गरिएको धनगढी उपमहानगरपालिकाका प्रमुख नृप वडले बताए । उपमहानगरमा रहेका सामुदायिक र संस्थागत विद्यालय १४ पुसदेखि १८ सम्म बिदा दिने निर्णय गरिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments