भण्डारीको हत्यामा संलग्न २ जना पक्राउ

शुक्रबार, चैत्र ८, २०७५

- पदम राज भट्ट



धनगढी । प्रहरीले गोदावरी नगरपालिका—४ खैराना जाने सडकमा हत्या गरि फालिएका बैतडीको दशरथचन्द नगरपालिका २ का ४५ बर्षीय  हर्क बहादुर भण्डारीको हत्यामा संलग्न २ जनालाई  पक्राउ गरेको छ ।

पक्राउपछि शुक्रवार अपरान्ह दुबै जनाले जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक गरेको छ । हत्यामा संलग्न हुनेहरुमा २४ वर्षीय धिरज भनिने पुन्टु भाट र २३ वर्षीय गोविन्द आउजी रहेको प्रहरीले जनाएको छ ।

बैतडीको दशरथचन्द नगरपालिका बस्कोटका स्थायी बासिन्दा भाट हाल कञ्चनपुरको देखतभुली—४ ढक्का शिविरमा बस्दै आएका थिए । आउजी गोदावरी नपा—६ लालपुरका स्थायी बासिन्दा हुन् ।

भण्डारीलाई पैसा लुटपाट गर्ने क्रममा हत्या गरेको बयान दिएको प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले बताए ।
अघिल्लो दिन मारेर फालेका भण्डारीको शव चिनिने डरले दोस्रो दिन अनुहार क्षतबिक्षत बनाएको समेत आरोपीहरुले बताएको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata