‘कृषिलाई निर्वाहमुखीबाट व्यवसायिक र औद्योगिक बनाऔं।’ – प्रधानमन्त्री ओली

आइतवार, असार १५, २०७६



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिलाई निर्वाहमुखीबाट व्यवसायिक र औद्योगिक बनाउन आग्रह गरेका छन् ।आज असार १५ अर्थात् राष्ट्रिय धान दिवसको अवसरमा सम्पूर्ण किसानहरुलाई शुभकामना दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि उत्पादन र उत्पादकत्व बढाउन आवश्यक रहेको बताएका हुन् ।

‘कृषिलाई निर्वाहमुखीबाट व्यवसायिक र औद्योगिक बनाऔं । कृषिलाई आधुनिकीकरण गर्ने सरकारको कार्यक्रम छ, यसलाई सफल पारी उत्पादन र उत्पादकत्व बढाऔँ,’ ट्विटमार्फत दिएको शुभकामना सन्देशमा भनिएको छ ।

कृषि प्रधान हाम्रो मुलुकमा खाद्य सुरक्षाको प्रमुख आधारको रुपमा रहेको धान उत्पादनलाई महत्व दिंदै सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाउने गरेको हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata