ओली प्रचण्डबीच बाहिर आएको जस्ताे विवाद छैन: नेता पौडेल

मङ्लबार, कार्तिक ५, २०७६



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटि सदस्य देवेन्द्र पौडेलले नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डकोबीचमा भएको खटपट सामान्य भएको बताएका छन् । आफ्ना आफ्ना भिन्न सोच र शैलीका कारण केहि असमझदारी भएको जस्तो देखिए पनि बाहिर मिडियामा आएको जस्तो विवाद दुई अध्यक्षबीचमा नभएको पौडेलले दावी गरे ।

मंगलवार राजधानीमा आयोजित एक अन्तरसंवाद कार्यक्रममा बोल्दै नेता पौडेलले ओली र प्रचण्डको विचमा अहिले विवाद भयो भने देशकै लागी दुर्भाग्य हुने बताए । कार्यशैली , सोच र स्वभावका कारण केहि विवाद भएको जस्तो देखिएको हो तर उनीहरुबीचमा कुनै गम्भिर मतभेद छैन । नेता पौडलले भने, दुई नेताकाबीचमा भएको सहमति कार्यान्वयन भएर नै अगाडि बढ्नु पर्ने पक्षमा सिंगो पार्टी रहेकाले केहि असमझदारी भए पनि वार्ता र छलफलबाट नै समाधान गरिनु पर्ने बताए ।

फरक प्रशंगमा बोल्दैनेता पौडेलले अहिले नै नयाँ सभामुख को हो ? भनेर चर्चा गर्नु हतारो हुने बताए । तत्कालिन सभामुखले नैतिकताका आधारमा राजिनामा दिएर अहिले अनुसन्धानको क्रममा रहेकाले अहिले नै नयाँ सभामुखको खोजी गर्न नहुने तर्क गरे । अब नयाँ सभामुखको चयन गर्दा विधि र प्रक्रिया बमोजिम दलिय सहमतिका अधारमा चयन हुने स्पष्ट पारे

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata