आरजुले चुनावमा किनेको घरमा पहिलो पटक देउवा

बुधबार, बैशाख १९, २०७५



राजधानीबाट धनगढी पुगेपछि सधैं पार्टी कार्यकर्ता कृष्णबहादुर महराको लगानी रहेको होटल डिभोटीको स्वीट रुममा बस्ने कांग्रेस सभापति शेरबादुर देउवा पहिलो पटक आफ्नो निजी निवासमा बसेका छन् ।

प्रतिनिधि सभा चुनावका बेला धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीमा रहेको स्थानीय शारदा हमालको घर त्यतीबेला यही क्षेत्रबाट उमेद्वारसमेत रहेकी देउवा पत्नी आरजु देउवाले किनेकी थिइन् ।

अन्नपूर्णपोष्टका अनुसार   आरजु, चुनाव भरी आफ्नै नयाँ किनेको घरमा बसे पनि देउवा सोमबार पहिलो पटक आफ्नो निवासमा बसेका हुन् । ‘चुनावका बेला उहाँ (देउवा) प्रधानमन्त्रीकाले सुरक्षाका कारण पनि होला, निवासमा नबस्नु भएको तर अब पूर्व प्रधानमन्त्रीबाट भइसके’ एकजना कांगेसी नेताले मुस्कुराउँदै भने, ‘भाउजूले किनेको घरमा दाइले किन नबस्नु ।’
आरजुले घर किनेपछि चुनावकै बेला हेर्न गए पनि देउवा त्यहाँ राति बसेका थिएनन् । यसपाली भने उनी आफ्नै घरमा पहिलो पटक बास बसेका हुन् ।

आरजुलाई प्रतिनिधि सभा निर्वाचनमा विपक्षी दलहरुले पर्यटक उमेदवारको आरोप लगाएपछि उत्तरबेहडीमा रहेको शारदा हमालको घर चार करोडमा किनेकी थिइन् ।  सुदूरपश्चिमकी बुहारी भएपनि आफुलाई पर्यटक भनेपछि उनले घर किनेर स्थायीरुपमा कैलालीमै राजनीति गर्ने बताएकी थिइन् । तर चुनाव हारेपछि उनी प्रायजसो काठमाडौँतिरै बस्ने गरेकी छन् ।

139 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank