देउवा माथि प्रश्न उठाए निधिले, राजीनामा दिएपछि के गर्दैछन् ?

बिहिबार, बैशाख २१, २०७४



प्रधानन्यायाधीशमाथि महाअभियोग प्रस्ताव ल्याइएकोमा असन्तुष्टि व्यक्त गर्दै उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका नेता विमलेन्द्र निधिले कार्यकारिणी अधिकारबारे प्रश्न उठाएका छन् । सभापति देउवाले प्रहरी महानिरीक्षक नियुक्तिमा प्रधानन्यायाधीश कार्कीले कार्यकारणी अधिकारमाथि हस्तक्षेप गरेकाले महाअभियोग ल्याउन बाध्य भएको बताइरहेका बेला निधिले त्यसको प्रतिवाद गर्दै निकट नेताहरूसित भनेका छन्, ‘कार्यकारिणी निकाय पार्टी या पार्टीको नेतृत्व हुन्छ कि गृहमन्त्री ? कार्यकारिणीमाथि हस्तक्षेप भएको भनेर गृहमन्त्रीले बोल्ने कि पार्टीले ?’ महाअभियोग प्रस्ताव दर्ता भएलगत्तै राजीनामा दिए पनि निधिको राजीनामा बुधबारसम्म स्वीकृत भएको छैन । बुधबारदेखि नै मन्त्री निवास छाडेका निधि पार्टीभित्र अब कसरी अघि बढ्ने भन्नेबारे केही दिन ‘पर्ख र हेर’ को नीतिमा छन् । प्रहरी महानिरीक्षक कसलाई बनाउने भन्नेमा सुरुदेखि नै पार्टी सभापति देउवासँंग द्वन्द्व झेल्दै आएका निधिले पछिल्लो पटक प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावलाई ‘दुर्भाग्य’ ठानेका छन् । उनले अदालतले नभएर पार्टी नेतृत्वले आफैंमाथि हस्तक्षेप गरेको बताउने गरेका छन् ।आजको कान्तिपुरमा खवर छ । 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank