प्रधानमन्त्री देउवाले ग्यास बिक्रेतालार्इ कमिशन बढाउने आश्वासन दिए

आइतवार, पुस २३, २०७४



काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवाले ग्यास बिक्रेताको कमिशन बढाउने आश्वासन दिएका छन्।ग्यास बिक्रेता महासंघ नेपालका प्रतिनिधीसँगको भेटमा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्बाटै निर्णय गराएर कमिशन बढाउने आश्वासन दिएका हुन्।

‘तपार्इहरुको माग संवोधन गर्न सरकार तयार छ।आपूर्तिमन्त्री जयन्त चन्दमार्फत कमिशन वृद्धि प्रस्ताव ल्याएर कार्यान्वयन गराउनेछु’ प्रधानमन्त्री देउवाको भनार्इ उद्धृत गर्दै महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले भने।महासंघले विगत चार वर्षदेखि कमिशन नबढ्दा व्यवसाय संकटमा परेको अर्यालले बताएका थिए।

उनले अहिले ग्यास बिक्रेताले एक सिलिण्डर ग्यास बेच्दा ३२ रुपैयाँ मात्रै कमिशन पाएको बताउँदै यसले पसल भाडा समेत धान्न कठिन भएको बताए।उनले एक सिलिण्डर ग्यास बेच्दा ६७ रुपैयाँ कमिशन पाउनुपर्ने बताउँदै कमिशन वृद्धि नभए सबै व्यवसाय बन्द गर्नुपर्ने अवस्थामा पुगेको बताए।

187 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank