देशभरको मौसम बदली, हिमाली क्षेत्रमा हिमपात

शनिबार, फाल्गुन २४, २०७६



काठमाडौं । देशभरको मौसम बदली भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार माैसम सामान्यदेखि पूर्ण बदली भएकाे हाे । पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका कारण मौसम बदली महाशाखाले जनाएकाे छ । काठमाडाैं उपत्यकासहित देशका विभन्न स्थानमा वर्षा भइरहेकाे छ ।

अहिले देशको पश्चिमी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली भएकाे छ भने अन्य क्षेत्रमा आंशिकदेखि सामान्य बदली भएकाे माैसमविद्हरूले बताएका छन् । माैसमविद्हरूका अनुसार पश्चिमी, मध्यपश्चिम र पूर्वी क्षेत्रका केही स्थानमा वर्षा भइरहेको छ ।

माैसमिवद्हरूले शनिबार दिउँसो देशभर सामान्य बदली रहने र देशका केही ठाउँमा मेघगर्जन तथा हावाहुरीसहित असिना पानी पर्ने सम्भावना रहेको बताएका छन् ।

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको भइरहेकाे छ । मुस्ताङमा जाेमसाेमसहितका ठाउँमा हिमपात भइरहेकाे छ । हिमपातका कारण यातायातका साधन तथा हवाइ सेवासमेत अवरुद्ध भएकाे छ । जाेमसाेमस्थित विमानस्थलकाे धावनमार्गमा बाक्लाे हिउँ जमेकाे छ ।

राति देशको पश्चिमी क्षेत्रसहित मध्य तथा पूर्वी पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments