वैदेशिक रोजगारबाट फर्किएका युवाहरुको राष्ट्रिय भेला सम्पन्न

बिहिबार, असार २८, २०७५

- एलीना कार्की



एलीना कार्की।

काठमाडौँ ।

वैदेशिक रोजगारबाट फर्किएका युवाहरुको राष्ट्रिय भेला २०७५ बुधबार काठमाडौँको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा सम्पन्न भएको छ ।कार्यक्रममा विदेशबाट केही सीप सँगै अर्थाैपार्जन गरी त्यहाँ सिकेको सीप ,अनुशाशन लाई नेपालमै उपयोग गरी नेपाललाई विभीन्न दृष्टीकोणबाट समृद्द बनाउन लक्ष्य लिएर स्वदेश फर्किएका हजारौँ युवाहरुको उपस्थिती रहेको थियो । विदेशमा बसेर नेपालमै केही गर्छु भन्ने उदेश्यले नेपाल फर्किएका युवाहरु नेपाल सरकारले के गरिदियोस भन्ने चाहान्छन् त यस सम्बन्धमा कार्यक्रममा उपस्थित केही युवाहरुसँग नेपाल पार्टी डट कमको लागी एलीना कार्कीले गरेको कुराकानीमा आधारित ।

सभागृहको कार्यक्रममा स्याङजा स्थायी घर भई हाल काठमाडौँको कीर्तिपूरमा बसोबास गर्दै आएकी जीवन अर्याल जापानको प्रतिनीधीत्व गर्दै उपस्थित भएकी थिईन । उनी ८ बर्ष जापान बसेर नेपाल फर्किएकी हुन् । कार्यक्रममा उनले स्वदेश छोडेर बाहिर बस्नुपर्दाको पीडालाई कलात्मक ढङ्गले कविताको रुपमा पस्किएकी थिईन् । उनले विशेषत महिलाहरुले विदेशमा भोग्नुपरेको समस्या र त्यसको समाधान गर्न सरकार अग्रसर हुनुपर्नै बताईन् ।

नेपालपाटी डट कम सँगको कुराकानीमा उनले जापान,लगायत अन्य विकशीत मुलुकमा निती नियम एकदमै राम्रो र त्यो निती नियम बनाउन सरकारले अपनाएको तरिका र त्यहाँका नागरिकले पालना गर्नै तरिका पनि उतिकै राम्रो  भएको बताईन् ।

उनले एउटा घटना सुनाईन ।एकपटक जापानमा एकजना नेपाली पुरुष बलात्कारको केशमा त्यतीकै १५ बर्ष जेल पर्नुभयो पछि त्यो केशमा उहाँ निर्दाैष रहेको थाहा भयो पछि उहाँ जेलबाट  मुक्त भईसकेपछी उनी आफु काम  गर्नै ठाउँका जापानीज साथीहरुले समेत सरी हामीले तिम्रो देशको मान्छेलार्इ यतिकै जेलमा राख्यौँ भनेर उनीहरुले म सँग शिर निहुराएर माफी सम्म मागे यहाँ कहाँ त्यस्तो हुन्छ र त्यहाँ सबै मानिसहरु सिस्टममा चलेका छन् र त उनीहरु विकशीत छन् हामीभन्दा उनी भन्छिन् ।

विदेशमा बस्दा पनि नेपालको मायाले सताईरहने र देशप्रतिको चिन्ताले गर्दा ८ बर्षको अवधिमा ६ पटक नेपाल आएको स्मरण गर्दै अब यही केही व्यवसाय सँगसँगै राजनितीलाई पनि अघि बढाउने उनी बताउँछिन । ८ महिना अगाडी मात्रै नेपाल फर्किएकी उनी व्यवसाय के गर्नै भन्नेबारे रिसर्च पिरीयडमा रहेको सुनाउँछिन् ।
देशप्रेमले नेपाल फर्किएका युवाहरुलाई उनीहरुको तथ्यांक सङकलन गरेर त्यस्ता युवाहरुको कुन क्षेत्रमा सहभागी हुने ईच्छा छ उनीहरुलाई सरकारले पनि केही सहयोग गर्नै व्यवस्था गरे अझ राम्रो  हुन्थ्यो ।उनी थप्छिन् ।

jeewan aryal

यस्तै श्रीमान सँगै लामो समय कतार बसेर नेपाल फर्किएकी नमुना विष्ट पनि अब नेपालमै बस्ने सोच बनाएको बताउँछिन् । श्रीमान र आफु दुवैजना कतारमा बसेको र अब सकेसम्म विदेश जाने सोच नभएको उनी बताउँछिन ।

काठमाडौँको कीर्तीपुरमा कोल्डस्टोर शुरु गरेको बताउँदै नेपालमै केही गर्नै सोच भएको उनी थप्छिन् ।विदेशमा गएर गर्नै जतिकै काम यहाँ निती नियममा बसेर गर्नै र नेपाल सरकारले पनि युवा लक्षित रुचि अनुशारको काम गर्नै हो भने नेपाल साँच्चिकै स्वर्ग बन्ने उनी बताउँछिन ।
यसका लागी फर्किएका युवाहरुलाई सरकारले नितीनियम बनाई उनीहरुलाई परिचालन गर्नुपर्नै उनले बताईन् ।

namuna bista

यता कतारमा नै बसेर नेपाल फर्किएका रामेछापका ३५ बर्षीय युवा जयराम खड्कमको पनि नेपालमै नै केही गर्नै ईच्छा छ । उनी भन्छन् अब नेपालमै कृषी सँग सम्बन्धित व्यवसाय गर्नै सोच रहेको र त्यसको लागी सहयोगी निकायहरुको खोजीमा उनले रहेको बताए ।

नेपाल समृद्द बनाउन युवा परिचालन रोजगारी र सबैभन्दा विकृतीको रुपमा रहेको राजनितीकरणको अन्त्य गरी सबैलाई समान व्यवहार राज्यले गर्नुपर्नै उनी बताउँछन् । सेवा सुविधा तल्लो तहसम्म पुग्न नसकेको उनको गुनासो छ ।

jayaram khadka

उता गोरखाका रमेश पण्डित पनि ४ बर्षअघि मलेसियाबाट नेपाल फर्किएर एकीकृत खेती गरिरहेको बताउँछन् । उनी नेपालमै केही गरौँ भन्ने सोचले नेपाल फर्किएर गाईपालन व्यवसाय सँगसँगै कृषी पेसामा पनि आबद्द छन् ।
नेपालमा श्रम आपुर्ती गर्नुपर्नै अवस्था रहेको भन्दै फेरि यहाँकै युवाहरु बाहिर जानुपर्नै बाध्यता तीतो यथार्थ भएको भन्दै उनले यस सम्त्रन्धमा राज्यको ध्यान जानुपर्नै बताए । निती नियम कागजमा मात्रै सीमीत हुन नहुने उनको तर्क थियो ।
सरकारले नेपालमै सम्भावना खोजी युवाहरुलाई रोजगारी प्रदान गर्नु अहिलेको आवश्यकता भएको उनी बताउँछन् ।सम्बन्धित निकायका प्रमुखसँग भएको यस भेलाले युवाको पक्षमा निती नियम बन्नेमा उनी आशावादी छन् ।

ramesh pandit

352 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank