राती १० बजेपछि देउसी भैलो खेल्न रोक

मङ्लबार, कार्तिक २०, २०७५



काठमाडौं । रातको समयमा उश्रृखल गतिबिधि हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले राती १० बजे पछि देउसी भैलो खेल्न रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यलेले राती १० बजेपछि देउसी भैलो नखेल्न आग्रह गरिएको जनाएका छन् । रातको समयमा जाँड रक्सी खाने होहल्ला हुनुका साथै शान्ती सुव्यवस्थामा खलल पुग्न सक्ने भन्दै रोक लगाएका आचार्यले मजनाएका छन् ।

प्रशासनको कुरा बेवास्था गरेको पाइएमा कानुन अनुसार कार्वाही गरिने प्रशासनले जनाएको छ ।

96 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank