ग्रीनल्याण्ड प्रकरणः डेनिस प्रधानमन्त्रीको आपत्ति सँगै ट्रम्पको डेनमार्क भ्रमण रद्द

बुधबार, भदौ ४, २०७६



एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो आगामी डेनमार्क भ्रमण रद्द गरेका छन् । उनले हालै डेनमार्क अधिनस्थ ग्रीनल्याण्ड खरिद गर्ने कुरा गरेकोमा डेनर्माकले आपत्ति जनाएको थियो ।

डेनमार्कका प्रधानमन्त्री मेट्टे फ्रेडेरिक्सेनले ट्रम्पको भनाइलाई बेतुकको कुरा भनेकी थिइन् । त्यसको जवाफ आज ट्विट मार्फत् दिँदै  ट्रम्पले डेनमार्क विशेष मुलुक  भएको उल्लेख गरेका छन् ।

उनको यसअघि डेनमार्ककी महारानी मार्गेरेट व्दितीयाको निम्तोमा आउँदो सेप्टेम्बर २ तारेखबाट त्यहाँको भ्रमण गर्ने कार्यक्रम तय भएको  थियो । तर, आज ह्वाइट हाउसका प्रवक्ताले राष्ट्रपतिको भ्रमण रद्ध भएको पुष्टी गरेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata