डेङ्गुको सङक्रमणबाट एक जनाको मृत्यु

आइतवार, भदौ २२, २०७६



बुटवल । डेङ्गुको सङ्क्रमणबाट बुटवलमा एक जनाको मृत्यु भएको छ । कपिलवस्तुको वाणगङ्गा नगरपालिका–७ मोतिपुर निवासी ६१ वर्षीया सावित्रा आचार्यको उपचारको क्रममा आज मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिडेन्टेनका डा कृष्ण खनालले जानकारी दिए ।

आचार्यलाई लगातार ज्वरो आएपछि परीक्षण गराउदा डेङ्गुको सङ्क्रमण भेटिएको थियो । तीन दिनदेखि लुम्बिनी प्रादेशिक अस्पतालको सघन उपचार कक्षमा उपचार गरेपनि रगतमा प्लेटलेट्सको मात्रा नबढेपछि साँझ साढे ५ बजे निधन भएको अस्पतालले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata