डेंगु अलर्ट : थप दुई महिना डेंगु संक्रमणको जोखिम

बिहिबार, भदौ १९, २०७६



राजधानीका विभिन्न अस्पतालमा डेंगु संक्रमित बिरामीको चाप बढेको छ।

बिरामीले घण्टौ कुरेपछि मात्र उपचारको पालो पाएका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको ज्वरो क्लिनिकमा बुधबार बिरामीको चाप देखिन्थ्यो । त्यहाँ पुगेका धेरैजसोमा डेंगु ज्वरोको लक्षण भएको अस्पतालले जनाएको छ।

अन्य दिनको तुलनामा बुधबार झन् धेरै बिरामी आएको अस्पतालका निर्देशक डा.वासुदेव पाण्डले जानकारी दिए। उनका अनुसार डेंगुको निःशुल्क उपचार हुने भएकाले ज्वरो आएका सबै बिरामीले यही अस्पताल छानेका हुन्।

‘अन्य अस्पतालबाट पनि यही अस्पताल रेफर गरेर पठाएका छन्,’ उनले भने । डेंगु ज्वरोले गम्भीर बनेका बिरामीलाई अस्पतालले छुट्टै वार्डमा भर्ना गरी उपचार गरिरहेको डा.पाण्डेले जानकारी दिए।

डेंगुका कारण फियो बढेका, पेट दुखेका, खाना खान नसकेका र रक्तश्राव भएका बिरामीलाई मात्र भर्ना गरिएको छ। थप संक्रमण नहोस् भनेर बिरामीलाई झुलभित्र राखेर उपचार गरिएको छ।

अस्पताल अनुसन्धान विभाग संयोजक डा.शेरबहादुर पुनका अनुसार बिरामीको चापका कारण आइतबारयता चिकित्सकले एकछिन पनि फुर्सद पाएका छैनन्। उपचारमा आउने धेरैजसोमा डेंगुको लक्षण पाइएको र सोही अनुसार उपचार तथा सुझाव दिएर पठाउने गरिएको उनले बताए।

गम्भीर अवस्थामा पुगेका बिरमीलाई भने भर्ना गरिएको छ। अस्पतालमा बुधबार २ सय ५० जना डेंगु ज्वरोको बिरामी आएको जानकारी उनले दिए। डल्लु, टेकु, त्रिपुरेश्वर, नयाँ बजार, खुसीबुँ, लोकन्थली, पेप्सीकोला, क्षेत्रपाटी, स्वयम्भूलगायत क्षेत्रबाट बिरामी ज्वरोको सिकायत लिएर आएको अस्पतालले जनाएको छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata