थाइल्याण्डमा डेंगुबाट २१ जनाको मृत्यु

बिहिबार, असार ७, २०७५



बैंकक । थाइल्याण्डमा यस वर्षमात्रै डेंगुका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ । यस वर्षको शुरुदेखि जुन १२ सम्मको तथ्यांक अनुसार १९ हजार ८०४ जनालाई डेंगु रोग लागेकोमा २१ जनाको मृत्यु भएको हो ।

वर्षातकाे समयमा औसतमा दश हजार जना यसबाट प्रभावित हुने गरेको रोग नियन्त्रण विभागका महानिर्देशकले जानकारी दिए ।प्रभावितमध्ये अधिकांश १० देखि १४ वर्ष उमेर समूहका रहेका पाइएको पनि उनले बताए ।

यसलाई नियन्त्रण गर्नका लागि विभागले देशव्यापी अभियान पनि चलाएको छ । अभियानअन्तर्गत घर, विद्यालय, अस्पताल, होटल, कारखाना, कार्यालय, मन्दिरलगायतका सार्वजनिक स्थल तथा मानिस धेरै बस्ने ठाँउमा लार्भा नष्ट गर्ने गरिएको उनको भनाई छ ।

341 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank