थप ५ जना डेंगुका विरामी भेटिए ,सर्तकता अपनाउन चिकित्सकको सुझाव

मङ्लबार, जेष्ठ २८, २०७६



इटहरी । इटहरी उपमहानगरपालिका र मोरङको सुन्दर हरैचाका क्षेत्रमा ५ जना डेंगुका बिरामी भेटिएका छन् । डेंगुका बिरामी भेटिएपछि उच्च सर्तकता अनाउन चिकित्सकहरुले आग्रह गरेका छन ।

इटहरीमा दुई जना र सुन्दर हरैचामा थप ५ जना गरि सात जनामा डेगुं संक्रमण भेटिएको हो । केही समय अगाडि देखी धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा अन्य अस्पतालहरुमा उपचार भई रहेको समयमा इटहरी अस्पतालमा उपचार गराउन आएका थप दुई जनालाई समेत डेगुं भएको पुष्टि भएको थियो

केही दिन पहिले धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विजयपुर अस्पतालमा उपचार गराई रहेका एक एक जनामा डेगुं भएको पुष्टि भएको थियो । त्यसै गरी इटहरी अस्पतालमा उपचारार्थ थप दुई जनामा डेगुं देखा परेको स्थास्थकर्मी शिव ढकालले जानकारी दिए ।

 उपमहानगरपालिका र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसंग समन्वय गरी यहि जेठ १९ गते देखि उच्च सर्तकता अपनाउदै सचेतनाका साथै लार्भा नष्ट गर्ने कार्य  थालिएको स्वास्थ्यकर्मी ढकालले जानकारी दिए ।  डेंगु फेला परेका बिरामीहरुमा कोपिला दाहाल , देवेन्द्र दाहाल , यमुना गुरुङ , पर्वल गुरुङ र कृष्ण शाहमा रहेका छन् ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विज्ञ दुई चिकित्सकहरु डा विजय खनाल र डा प्रज्जवल प्याकुरेल समेत इटहरी आएर डेगुंको संक्रमण फैलन नदिने विषयमा सचेतना जगाउने कार्यमा सहभागी भएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata