मुख्यमन्त्री रेड्डीले भत्काईदिए १२ करोडको ‘जनता दरबार’

बुधबार, असार ११, २०७६



एजेन्सी । आन्ध्र प्रदेशका मुख्य मन्त्री जगन मोहन रेड्डीले करिब १२ करोडको लागतमा निर्माण भएको ‘जनता दरबार’ भत्काउने आदेश दिएका छन् । अमरावती स्थित प्रजा वेदिका बिल्डिङ पूर्व मुख्यमन्त्री चन्द्रबाबु नायडूले सन् २०१७ मा निर्माण गरेका थिए । उक्त भवनमा तेलगू देशम पार्टी मार्फत मुख्यमन्त्री नायडूले जनताको पिरमर्काको सुनुवाई गर्ने गर्दथे ।

करिब ८ करोड रुपैयाँमा निर्माण गर्ने भनिएको उक्त जनता दरबार निर्माण गर्न १२ करोड लागेको बताईए पनि भवन गैर-कानुनी रहेको भन्दै वर्तमान मुख्यमन्त्री जगन मोहन रेड्डीले भत्काईदिएका हुन् । मुख्यमन्त्री बन्नासाथ् रेड्डीले जिल्ला कलेक्टरसँग बैठक बस्दै प्रजा वेदिका बिल्डिङ भत्काउने घोषणा गरेका थिए ।

पूर्व मुख्यमन्त्री चन्द्रबाबु नायडू र तेलगू देशम पार्टीका प्रमुखले मुख्यमन्त्री रेड्डीलाई एक पत्र लेख्दै जनता दरबारलाई नभत्काउन अनुरोध गरेका थिए । मुख्यमन्त्री रेड्डीले पूर्व मुख्यमन्त्री नायडूको अनुरोधलाई लत्ताउदै उक्त भवन भत्काएका हुन् । भर्खरै सम्पन्न निर्वाचनमा अत्याधिक मत सहित विजयी रेड्डीले पूर्व मुख्यमन्त्री नायडूले उक्त भवनलाई विपक्षी दलको नेता बस्ने भवन बनोस् भन्ने अनुरोध लत्याउनुलाई विशेष राजनीतिक रङ्ग दिने कोसिस गरिएको राजनीतिक विश्लेषकहरु धारणा छ ।

गत मे ३० तारिखमा आन्ध्र प्रदेशको मुख्यमन्त्रीमा सपथ लिएका ४६ वर्षीय जगन मोहन रेड्डीको पार्टी विधानसभाको १७५ सिट मध्ये १५१ सिटमा विजयी भएसँगै तेलगू देशम पार्टीको विगत मेटाउने रोड म्यापमा चलेको संकेतको रुपमा जनता दरबार भत्काउनुलाई लिइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata