गृहमन्त्री थापालाई जेल हाल्नु पर्ने माग: ११ बुँदे सम्झौता जलाइयो

बुधबार, फाल्गुन २९, २०७५



काठमाडौं । विखण्डनवादी अभिव्यक्ति दिदै आएका स्वतन्त्र मधेसका संयोजक सिके राउतसँग सरकारले गरेको ११ बुँदे सहमतिको बिरोध गर्दै सहमतिपत्र जलाइएको छ ।  बुधबार स्वतन्त्र राष्ट्रिय अभियान नामक संगठनले माइतीघर मण्डलामा प्रर्दशन गर्दै विरोध जनाएकाे हाे  ।

गत शुक्रबार नेपाल सरकारका प्रतिनिधि र पृथकतावादी नेता सिके राउतसँग गरेको ११ बुँदे सम्झाैताकाे प्रतिलिपी जलाउने कार्यक्रम सम्पन्न गर्दै सरकारकाे कडा आलोचना गरेका छन् ।   प्रतिलिपी जलाउनु अघि आयोजकहरुका तर्फबाट सरकार र पृथकतावादी नेता सिके राउतको विरोधमा नाराबाजी र काेणसभा गरिएको थियो । सिके राउत र सम्झौतामा हस्ताक्षर गर्ने गृहमन्त्री रामबहादुर थापा र सिके राउतलाई जेल हाल्नु पर्ने माग उनीहरुको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank