भरतपुर अस्पताल कर्मचारी युनियनद्वारा पीपीई उपलब्ध गराउन माग

मङ्लबार, चैत्र १८, २०७६



चितवन । भरतपुर अस्पतालका कर्मचारीहरूले कोरोनाको सङ्क्रमणबाट सुरक्षित राख्न अस्पतालको ध्यानाकर्षण गराएका छन् ।

देशमा नै सङ्क्रमणको जोखिम बढिरहेको बेला कोरोना सङ्क्रमित बिरामी जुनसुकै बेला अस्पताल आउने भन्दै उनीहरूले अस्पतालको ध्यानाकर्षण गराएका हुन । कर्मचारीहरूले अस्पतालका प्रमुखलाई पत्राचार गदै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले लगाउने पीपीई लगायतका चार बुँदे माग राखेका हुन ।

कर्मचारी युनियन कार्यसमितिका अध्यक्ष ई सी एम बस्याल, उपाध्यक्ष कृष्ण प्रसाद शर्माले सचिव शिव बस्याल र सहसचिव राजन बाबु तिवारीले सङ्क्रमण हुने डरले अस्पतालमा चेक जाँचमा आउने बिरामीसँग प्रत्यक्ष संगलग्न हुने हुँदा  पीपीईको अनिवार्य भएकाे बताएका छन । कर्मचारीहरूले स्वास्थ्यकर्मीसँग पीपीई नहुँदा सेवा दिनमा कठिन भएको भन्दै तत्काल पीपीई उपलब्ध गराउन आग्रह गरिएकाे तिवारीले नेपालपाटी डटकमलाई जानकारी दिए ।

कर्मचारीले ज्वरो क्लिन र सो रोगसँग सम्बन्धित सबै विभागलाई पीपीई उपलब्ध गराउनु पर्ने, विभिन्न समयमा फैलिने प्रकोप महामारी नियन्त्रण गर्न आफ्नै जनस्वास्थ्य इकाई निर्माण गरी आवश्यक जनशक्तिको सुनिश्चित गर्नु पर्ने, जोखिममा रहेका कर्मचारीलाई अस्पताल भित्रनै छुट्टै क्वारेन्टाइन व्यवस्थापन गर्नु पर्ने र जोखिम मोलेर काम गर्नु पर्ने भएकोले कर्मचारीहरूको स्वास्थ्य कर्मी सुरक्षा कोष र जीवन बिमाको लागि सम्बन्धित निकासँग पहल गरिदिन आग्रह गरेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments