दिल्लीको वातावरण अत्यन्त नाजुक: दश दिन निर्माण कार्यमा रोक

बिहिबार, कार्तिक १५, २०७५



नयाँ दिल्ली ।  भारतको राजधानी नयाँ दिल्लीकाे जनजीवन वातावरण प्रदुषणको कारण अत्यन्त नाजुक बन्दै गइरहेको छ । देशको सबैभन्दा प्रदुषित शहरहरु दिल्ली र नेशनल क्यापिटल रिजन (एन सि आर ) का रहेका छन् ।

जसबाट मुक्ति पाउन वा प्रदुषण कम गर्न सरकारले नोभेम्बर एक तारिख देखी एक्सन प्लान लागु गर्न बाध्य भएको छ । जस अन्तरगत नोभेम्बर १० तारिख सम्म दिल्ली र एनसिआरको सबै निर्माण कार्य बन्द रहनेछन् ।  स्टोन क्रसर, हट मिक्स प्लान्ट, १५ साल पुरानो पेट्रोल गाडी र १० साल पुरानो डिजेल गाडी बन्द हुनेछन् ।

2परिवहन विभागले कडा उर्दी जारी गर्दै भनेको छ । सडकमा १५ र १० बर्षे पुराना गाडी निकाले जफत गरिनेछ ।

दिल्लीको हालत अत्यन्त नाजुक

भारतको राष्ट्रिय राजधानी दिल्लीको वातावरण अत्यन्त नाजुक अवस्थामा पुगेको आम मानिसले महशुस गरिरहेका छन् । वायु प्रदुषणको कारण अनेकौं स्वास्थ्य समस्या झेल्न बाध्य सर्वसाधारण सरकारी कदमको प्रतिक्षा गरिरहेका छन् । दिल्लीको नाजुक हालत प्रति सरकार गम्भीर हुँदै प्रदुषण  फैलाउने व्यक्ति, संस्था वा निकायलाई कडा कारवाही गर्ने आदेश जारी गर्न बाध्य भएको छ ।

केन्द्रिय प्रदुषण नियन्त्रण बोर्डका अधिकारीले जनाए अनुसार, दिल्लीको हावामा एक्युआई ४०१ पुगेको छ । एयर क्वालिटी फोरकास्टिङ एण्ड रिसर्चले एक्युआइ लेबल अत्यधिक ४१० सम्म मापन गरेको जनाएको छ । यस वर्गिकरण अनुसार मानव स्वास्थ्यका लागि ०- ५० अत्यन्त राम्रो, ५१-१०० राम्रो, १०१- २०० सन्तोषजनक, २०१ -३०० खराब, ३०१ -४०० अत्यन्त खराव र ४०१- ५०० भिषण खराव भएको मानिएको छ ।

3

भारतका प्रमुख शहरहरु मानव वस्नका लागि अत्यन्त अनुपयुक्त बन्दै गएको पुष्टि वातावरण प्रदुषण सुचकांकले जनाएको छ ।

187 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank