अरविन्द केजरिवालको आम आदमी पार्टी अगाडी

मङ्लबार, माघ २८, २०७६



काठमाडौं । दिल्ली विधानसभा चुनावको मतगणनामा अरविन्द केजरिवालको आम आदमी पार्टीलाई दिल्लीवासीको विश्वास प्राप्त भएको छ ।

भारतीय सन्चार माध्यमहरूले जनाएअनुसार  ७० सिटका लागि गत ८ तारिखमा भएको चुनावमा बहुमतको लागि ३६ सिट ल्याउनुपर्नेमा आम आदमी पार्टी(आप)लाई भारि बहुमत प्राप्त भएको छ ।

आम आदमी पार्टी ५७ भन्दा बढी सिटमा अगाडी देखिँदा भारतीय जनता पार्टी (भाजपा) १३ सिटमा अगाडि छ । मुख्यमन्त्री अरविन्द केजरीवाल भाजपाका सुनिल कुमार यादवलाई पाँच हजारभन्दा बढी मतान्तरका साथ अग्रस्थानमा  छन्  ।

आपका प्रमुख नेताहरुले विपक्षीको भन्दा भारी मतान्तरले अग्रता कायम गरिरहेका छन् तर उपमुख्यमन्त्री मनिष सिसोदिया भाजपाका उम्मेदवारभन्दा झिनो मतान्तरले पछि परेका छन् । कांग्रेसले शुन्य सिट प्राप्त गरेको छ ।

स्मरण रहोस्,  सन् २०१५ मा भएको विधानसभा निर्वाचनमा आपले ७० मध्य ६७ सिट र भाजपाले ३ सिट जितेको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments