सुनको मूल्य घट्दो !

बिहिबार, अशोज २, २०७६



काठमाडौं । तीज सकिएलगत्तै सुनचाँदीको मूल्यमा गिरावट आइरेहको छ ।  बिहीबार सुन तथा चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार बिहीबारको लागि छापावाला सुन प्रतितोला ७० हजार ७ सय र तेजावी सुन प्रतितोला ७० हजार चार सय रुपैयाँ तोकिएको छ ।

सोमबारदेखि सुनको स्थिर मूल्य ७१ हजार तीन सय रुपैयाँ कायम रहेको थियो । तर बिहीबार सुन प्रतितोला ६ सय रुपैयाँ घटेको हो ।

सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ८ सय ५५ रुपैयाँ रहेको छ  । अघिल्लो दिन (बुधबार) प्रतितोला ८ सय ७० रुपैयाँ रहेको चाँदी बिहीबार तोलामा १५ रुपैयाँ घटेको हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata