इटालीमा एक महिना यताकै कम मृत्यु, न्युयोर्कमा पनि मृत्युदर घट्यो

सोमवार, बैशाख १५, २०७७



एजेन्सी । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड-१९) बाट उच्च मृत्युपदर रहेको देेश इटलीमा १४ मार्चपछि पहिलो पटक एक दिनमा सबैभन्दा कम मानिसको मृत्यु भएको छ ।

इटलीमा पछिल्लो २४ घन्टामा २ सय ६० जनाको मृत्यु भएको वर्ल्डमिटर इन्फोले जनाएको छ ।

हालसम्म इटलीमा २६ हजार ६४४ जनाको मृत्यु भइसकेको छ । इटलीमा लगातार तेस्रो दिन मृत्यु हुनेको संख्यामा कमी आएको हो ।

अघिल्लो दिन त्यहाँ ४१५ जनाको मृत्यु भएको थियो । शुक्रबार त्यहाँ ४२० जनाको मृत्यु भएको थियो । बिहिबार त्यहाँ ४६४ जनाको मृत्युु भएको थियो । मार्च २७ माा सबैभन्दा धेरै ९१९ जनाको इटालीमा मृत्युु भएको थियो ।

यता, न्युयोर्ककका गभर्नर एन्ड्रयु क्युमोले राज्यमा मृत्यु हुनेको संख्यामा कमी आएको जानकारी दिएका छन् । शुक्रबार न्युयोर्कमा ४३७ जनाको मृत्यु भएको थियो भने शनिबार ३६७ जनाको मृत्यु भएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments