हड्तालविरुद्ध सरकार कठोर बन्ने, राजपत्रमा सूचना निकाल्ने निर्णय

मङ्लबार, बैशाख ११, २०७५



काठमाडौँ । यातायात व्यावसायीले अनिश्चितकालिन आमहडताल गर्ने घोषणा गरेको बेला हडताल निषेध गर्न सरकारले राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो ।

सार्वजनिक हितका लागि अत्यावश्यक सेवामा हडताल गर्न निषेध गर्न सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको संचार, सूचना तथा प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रा.डा. पुष्प कँडेललाई नियुक्त गरेको छ । एमाले केन्द्रीय लेखापरीक्षण आयोगका अध्यक्ष कँडेल अर्थविद हुन् । उनले त्रिभुवन विश्वविद्यालयमा अध्यापनसमेत गरेका थिए ।

योजना आयोगको सदस्यहरूमा कृष्णप्रसाद ओली, प्रा.डा. उशा झा, दिलबहादुर गुरुङ, इन्जिनियर सुशील भट्ट, मिनबहादुर शाही, डा। रामकुमार फुँयाल नियुक्त भएका छन् ।

यस्तै मन्त्रिपरिषद बैठकले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग र राष्ट्रिय सभा सदस्य निर्वाचन गर्न बनेको अध्यादेश तथा राष्ट्रिय चिकित्सा ऐन जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ ।

सरकारी पदाधिकारीहरू र उच्च पदस्थ कर्मचारीहरूका समेत लागि वैदेशिक भ्रमण व्यवस्था निर्देशिका स्वीकृत गरिएको छ । कैलालीमा सञ्चालित रानी जमरा सिंचाई आयोजना दोस्रो चरणको लागि विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत आउने ६ अर्व ८६ करोड रुपैयाँ ऋण सहायता स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ ।

तीलगंगा आँखा अस्पतालका लागि १० करोड अनुदान दिने निर्णय समेत भएको छ ।

220 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank