प्रभु बैंकले जारी गरेको डिबेञ्चर बाँडफाँड

शुक्रबार, कार्तिक २९, २०७६



काठमाडौं । प्रभु बैंक लि. ले रु. १,०००।– अंकित दरको १० वर्षको भुक्तानी अवधि भएको वार्षिक १०.२५ प्रतिशतका दरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने गरी जारी गरेको रु. १ अर्ब बराबरको “१०.२५५ प्रभु बैंक डिबेञ्चर–२०८६” ऋणपत्र Debenture मिति २०७६÷०७÷२१ देखि सार्वजनिक निष्काशन गरिएकोमा शुक्रबार  बाँडफाँड गरिएको छ ।

न्यनुतम २५ कित्ता र अधिकतम् ४,००,००० कित्तासम्मको लागिआवेदनगर्न पाउने प्रभु बैंक लि. को ऋणपत्रलाईICRA-NEPAL ले न्युनकर्जा जोखिम”ICRA-NEPAL LBBB” रेटिङ्ग प्रदान गरेको थियो ।

प्रभु बैंकले ४० करोडरुपैयाँ बराबरको ४० लाखकित्ता ऋणपत्र सर्वसाधारणहरुमा सार्वजनिक निष्कानको माध्यमबाट तथा ६० करोड रुपैयाँ बराबरको ६० लाखकित्ता ऋणपत्र परिपत्र विधिबाट संस्थागत÷व्यक्तिहरुलाई विक्रीका लागि छिटोमा मिति२०७६÷०७÷२५ र ढिलोमा मिति २०७६÷०८÷२० मा बन्द हुने गरी मिति २०७६÷०७÷२१ देखि सार्वजनिक निष्काशन गरिएकोमा विक्री अवधि समाप्त हुनु अगावै सार्वजनिक निष्कासन गरिएको बराबरको ऋणपत्र खरिद गरिको भन्दै  सम्पूर्ण डिबेञ्चर धनी महानुभावहरु प्रति प्रभु बैंक आभार प्रकट गरेकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata