हिन्दु राष्ट्रको विकल्प छैन्ः कांग्रेस नेता कँडेल

मङ्लबार, फाल्गुन १, २०७४



नवलपरासी । पूर्व गृहराज्यमन्त्री एवं नेपाली कांग्रेसका नेता देवेन्द्रराज कँडेलले नेपाल धर्म सापेक्षा वा धर्म निरपेक्ष राष्ट्र हुने निर्णय गर्ने अधिकार जनताको हातमा मात्र रहेको दाबी गरेका छन् । उनले जनताको अभिमतद्वारा धर्म सापेक्ष वा धर्म निरपेक्ष राष्ट्र हुनुपर्ने बताए ।

त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र संरक्षण समिति बर्दघाट नगरपालिका ७ जिमिरेभार नवलपरासीले आयोजना गरेको शिबपुराण धनधान्यान्चल महायज्ञमा सम्बोधन गर्दै कँडेलले जनताको अभिमतद्धारा मात्र निष्कर्षमा पु¥याउनुपर्ने जिकिर गरे ।

नेपाल हिन्दु राष्ट्र हुनुपर्ने निष्कर्ष अभियानका मुख्य अभियान्ता समेत रहेका कँडेलले जनताको रायमार्फत ९० प्रतिशत हिन्दु समुदाय रहेको नेपाल पुनः हिन्दु राष्ट्र हुनुपर्नेमा जोड दिए ।

प्रतिनिधि सभा सदस्य समेत रहेका कँडेलले बिभिन्न दलहरूले देशलाई धर्म निरपेक्ष बनाएर गल्ती गरेको स्वीकार गरिसकेको अवस्थामा जनताको मतले त्यसलाई उल्टाउन सक्ने जिकिर गरे ।

151 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank