निर्मला हत्याको नौं महिनासम्म दोषी पत्ता नलाग्नुमा सरकार दोषी : सभापति देउवा

मङ्लबार, बैशाख ३, २०७६



कञ्चनपुर । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको नौं बितिसक्दा पनि हत्यारा पत्ता नलाग्नुमा सरकार मुख्य दोषी भएको आरोप लगाएका छन् । उनले सरकारले नै बलात्कारीको संरक्षणमा लागेको आरोप लगाए ।

मंगलबार प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले सरकारले एक वर्षको अबधीमा सन्तोषजनक काम गर्न नसेको बताए । मुलुकको शान्ति सुब्यवस्था राम्रो छैन । सरकार नै बलात्कारी हत्यारको पक्षमा रहेको छ उनले भने ।

फरक प्रशंगमा बोल्दै सपाति देउवाले नेत्र विक्रम चन्द समुह माथि सरकारले प्रतिबन्ध लगाएर द्वन्द निम्ताएको बताए । द्वन्द्व र विवाद चर्काउनु भन्दा वार्ताका माध्यमबाट समस्या समाधान गर्नुपर्नेमा उनले जोड दिए । ‘वार्ता गर्ने जिम्मेवारी पनि सरकार कै हो, सरकार यसबाट पन्छिन नमल्निे उद्घोष गरे ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank