सरकारले निर्मला पन्तकाे हत्यामा संलग्नलाई बचाउन खोज्यो : सभापति देउवा

शनिबार, कार्तिक १०, २०७५



काठमाडौं । प्रतिपक्षदल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सरकारले बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तका हत्यारालाई जोगाउन खोजेको आरोप लगाइएका छन् ।

नेपाल तरुण दलको ६५ औं स्थापना दिवसको अवसरमा पार्टी कार्यालय सानेपा ललितपुरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले दोषिलाई कारवाही गर्नुको सट्टा सरकार बचाउने प्रयासमा लागेको आरोप लगाएका हुन् ।  सभापति देउवाले दुई प्रहरी अधिकारीलाई बर्खास्त गरेर दोषीलाई उन्मुक्ति दिन नहुने बताए।

उनले निर्मला पन्तको बलात्कार पछि हत्या भएको तीन महिना वित्तिसक्दा पनि संग्लग्नलाई कारबाही नगरेको भन्दै सरकारको कडा आलोचना गरेका छन् । उनले निर्मला पन्तका हत्यारालाई कारबाहीको दायरामा ल्याउन समेत सरकारसँग माग गरेका छन् ।

163 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank