चुनाव विथोल्न १६६ ठाउँमा विस्फोट १३३ हताहत

आइतवार, कार्तिक ४, २०७५



एजेन्सी । अफगानिस्तानमा कडा सुरक्षाका बिच चुनाव भइरहेको छ । शनिबार भएको संसद्को तल्लो सदन अर्थात् ‘बोलेसी जिर्गा निर्वाचनका १६६ ठाउँमा विस्फोट भएको छ । १३३ जनाको मृत्यु भएको बताइएको छ । शनिबार भएको निर्वाचनका क्रममा हत्या र हिंसा प्रायः काबुलमा भएको बताइएको छ ।

अफगानिस्तान आज भएको संसद्को तल्लो सदन अर्थात् ‘बोलेसी जिर्गा निर्वाचनका क्रममा १३३ भन्दा बढी व्यक्ति हताहत भएको समाचार प्राप्त भएको छ ।

काबुलको कैयौँ स्थानमा भएको विस्फोटमा परी चार व्यक्तिको मृत्यु हुनुका साथै अन्य ७८ जना घाइते भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता मोहिबुल्लाह जारले बताएका छन् । तालिवान आतङ्ककारी समूहले अफगान मतदातालाई मतदान केन्द नजान चेतावनी दिँदै आएका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata