मृत्यु संस्कार छोट्याउँदै, ‘कठोर संस्कारले धर्म परिवर्तन’

मङ्लबार, मंसिर ४, २०७५

काठमाडौं ।  हिन्दु परम्परा अनुसार १३ दिनमा सम्पन्न गरिने मृत्यु संस्कारलाई पछिल्लो समय पाँच वा सात दिनमा छोट्याउन प्रचलन बढ्न थालेको छ । यसै क्रममा इटहरीका प्राध्यापक डा. बद्री विशाल पोख्रेलले आमाको मृत्यु संस्कार सात दिनमा छोट्याउन लागेका छन्।

उनकी आमा हरिमाया पोख्रेलको निधन गत मंसिर १ गते राति भएको थियो । इटहरीस्थित आफ्नै घरमा दाजु बल्लभसँगै किरिया बसेका उनले भने, ‘आज तेस्रो दिन भयो, म सात दिनमा मृत्यु संस्कार सक्दैछु ।’
मृत्यु संस्कार नघटाउन परिवार, आफन्त, धर्म गुरु र पण्डितहरुको व्यापक दबाब आइरहेको पोख्रेलले बताए । उनले भने ‘परिवर्तन आफैंबाट सुरु गर्नुपर्छ, हामी जत्तिको बुझेको मानिसले नगरे कसले गर्ने।’

मृत्यु संस्कार छोट्याउँदै, 'कठोर संस्कारले धर्म परिवर्तन भयो'उनले हिन्दु संस्कारहरु भारी, जटिल र खर्चिला भएकैले धर्म परिवर्तन बढेको दाबी गरे। ‘संस्कारलाई समय अनुसार सरल बनाएर लान नसके धर्म परिवर्तनको विकृति फैलिन्छ’ प्राध्यापक पोख्रेलले भने

उनका अनुसार १३ दिनको संस्कार ५ दिनमा सार्नै नसकिने भन्ने कतै लेखिएको छैन। जुद्धशमशेरकै पालामा ४५ दिनको संस्कारलाई १३ दिनमा झारिएको उल्लेख गर्दै वैदिक संस्कारमा धेरै विकल्प रहेको समेत जानकारी दिए ।

उनले पण्डितहरुले भड्काउने र संस्कार पूरा समय नगरे घरका अन्य सदस्यहरुको समेत अकालमा मृत्यु हुने जस्ता डर देखाउने काम भएको भनदै सचेत वर्गले संस्कारलाई परिवर्तन गर्न जागरुकता देखाउनु पर्नेमा जोड दिए ।

पारिवारिक दबाबका कारण दाजु बल्लभ भने १३ दिन नै किरिया बस्न लागेका छन् । १० औं दिनमा गहुँत खाने र श्रद्धाञ्जली सभा आयोजना गर्ने प्राध्यापक पोख्रेलको योजना छ । साथै संस्कार छोट्याउन सहयोग गर्ने ब्राह्मणलाई सम्मान समेत गर्ने उनले सुनाए। अन्नपूर्णपोष्टबाट

197 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank