एमाले महिला उम्मेदवार मृत फेला

बुधबार, बैशाख २०, २०७४

काठमाडौं । स्थानीय तह चुनाव लड्ने तयारीमा रहेकी धादिङकी एक उम्मेदवार मृत फेला परेकी छन् । धादिङको धुनीबेसी नगरपालिका वडा नम्बर ३ की दलित महिला उम्मेदवार बिना मिजार झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

३५ वर्षकी मिजारलाई नेकपा एमालेले वडा नम्बर तीनको दलित महिला उम्मेदवार बनाएको थियो । मिजारले आत्महत्या गरेको हो वा हत्या हो भन्ने नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

520 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank