अबिरल वर्षाका कारण रोल्पामा घर भत्किदा तीन जनाको मृत्यु

सोमवार, असार १८, २०७५



काठमाडौं ।  अबिरल वर्षाका कारण घर भत्किदा रोल्पामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा रोल्पाको रुन्टिगढी गाउँपालिका – ५ सैवाङका राजकुमार वि.ककी श्रीमती २२ वर्षीय कमला वि.क.,उनकी  १८ दिनकी छोरी आयुषा वि.क र राजकुमार विकका दाईकी छोरी १५ वर्षीय टिका विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

अशोक घर्तीको घर नजिकै रहेको ढुङ्गाको वाल भत्किदा विहान ११ बजे  भान्छा पुरिएर उनीहरुकाे मृत्यु भएको जनाएको छ

132 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank