‘राजा’लाई फाँसी दिइँदै

बुधबार, कार्तिक १४, २०७५



गत जुलाइमा तेहरान प्रहरी प्रमुखले दुई टन असर्फीसहित एक जनालाई पक्राउ गरिएको बताउँदा धेरै इरानीलाई ती व्यक्तिबारे लगभग जानकारी नै थिएन।

प्रहरीले पक्राउ गरिएका वहीद मजलुमीनलाई ‘असर्फीका राजा’को उपमा दिएको थियो। प्रहरीका अनुसार ती व्यक्तिले आफ्ना सहयोगीहरूलाई तेहरानको बजारमा रहेका सबै असर्फी खरिद गर्न निर्देशन दिएका थिए ताकि पछि गएर आफूखुशी तिनको मूल्य निर्धारण गर्न सकियोस्।

हुन त पछि मजलुमीनको दुई टन असर्फी जफत नभएको भनियो, तर उनी र उनका छोराले दुई टनभन्दा बढी असर्फी खरिद गरेको भनियो।

वीवीसीका अनुसार त्यो घटनापछि इरानी सञ्चारमाध्यममा मजलुमीनको नाम पटक-पटक आएको छ र सो मुद्दामा उनलाई फाँसीको सजाय दिने प्रक्रिया अगाडि बढेको छ।

तर त्यो मुद्दामा ‘असर्फीका राजा’ मात्रै छैनन् जसलाई आर्थिक अपराध गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको छ।

को हुन् वहीद मजलुमीन?

गत वर्षको जुनको अन्त्यतिर एउटा नयाँ खाले असर्फीको मूल्य १२ लाख इरानी तोमानभन्दा बढी थियो र विनियम दरमा भएको वृद्धिको अनुपातमा त्यसको पनि मूल्य बढ्यो।  यो वर्षको जुलाइमा मजलुमीन पक्राउ परेको खबरपछि असर्फीको मूल्य ३० लाख तोमानभन्दा बढी पुग्यो।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank