मदिरा सेवनबाट दुई मजदुरको मृत्यु

बिहिबार, जेष्ठ ३०, २०७६

- दिपक राज जोशी



बझाङ । जयपृथ्वी नगरपालिकाको वडा न. ७ मा मदिरा सेवन गरेर एक महिनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वर्ष  ५० का गजराज जोशि र फागु घर्ति मगर रहेका छ्न् । घर्तिमगर ग्वालेक निर्माण सेवाका सडकमा काम गर्ने कामदार हुन् । यस्तै मदिरा सेवन गरेर  सडकमा सुतेको अवस्थामा फेला परेक थिए – मृतक जोशि ।

अनुमति नलिएर मदिरा पसल जथाभावी खोलेका कारण साथै घरेलु रक्सि घरैपिच्छे उत्पादन गरिएका कारण मदिरा सेवन अत्याधिक बढेको वडा अध्यक्ष हरिचन्द जोशिले बताए । मदिरा उत्पादन, विक्री वितरणमा नियमन गर्ने प्रयास भइरहेको जयपृथ्वी नगरपालिकाका प्रमुख विरेन्द्र खडका  बताउँछन् ।

गजराज जोशि मदिरा सेवन गरि गएराति सडकमा सुतेकै अवस्थामा फेला परेका थिए । यद्दपी मृतकका आफन्तहरुले मदिरा सेवनका कारण नभएर कालगतिले मृत्यु भएको भनि प्रहरिलाइ मुचुल्का बनाइदिन आग्रह गरेका छन् । सोहि बमोजिम मुचुल्का उठाएको जिल्ला प्रहरि कार्यालयका प्रमुख सुर्य बहादुर केसिले जानकारी गराए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank