परिवारबाटै आगो लगाएर घाइते बनाइएकी युवतीको मृत्यु

सोमवार, माघ २९, २०७४



काठमाडौँ । श्रीमानबाट शरिरमा मट्टीतेल छर्किएर आगो लगाएपछि गम्भीर घाइते भई कीर्तिपुरस्थित स्किन अस्पतालमा भर्ना भएकी एक युवतीको मृत्यु भएको छ ।

धनुषा सिरेश्वर नगरपालिका–८ की २४ वर्षीया फातिमा हजरा खातुनलाई केही दिनअघि श्रीमानले सम्बन्धविच्छेद गर्न दबाब दिँदा नमानेपछि शरीरमा मट्टीतेल छर्किएर आगो लगाएका थिए ।

आगोले शरीरको झण्डै ६० प्रतिशत भाग जलेको अवस्थामा गत माघ २५ गते सो अस्पतालमा भर्ना गरिएको थियो । हजाराको टाउकोभन्दा तल शरीरको सम्पूर्ण भाग जलेको थियो ।

जनकपुर अञ्चल अस्पतालमा उपचार नभएपछि उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको थियो । इलाका प्रहरी कार्यालय महेन्द्रनगरको प्रहरी टोलीले पीडितलाई उद्धार गरी उपचारका लागि जनकपुर अञ्चल अस्पताल पठाएको थियो ।

प्रहरीले पीडित हजाराको बयानका आधारमा श्रीमान् रसिद कवारीलाई पक्राउ गरेको छ । हजाराकी आमा जनकपुर–२० बस्ने तैरुल खातुनले श्रीमान् रसिदसहित ससुरा अलिशेष कवारी, सासू रामसुनरी खातुन र नन्द जाहिर खातुनमाथि उजुरी दिएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।

736 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank