चर्चित फुटबलर रहेनन् नेपाली म्याराडोना

मङ्लबार, जेष्ठ १, २०७५

पाली म्याराडोनाको रुपमा चर्चित फुटबल खेलाडी मणि शाहको सोमबार साँझ निधन भएको छ । नर्भिक अस्पतालमा उपचाररत उनको मृत्युको अस्पताल स्रोतले पनि पुष्टि गरेको छ ।

सन् १९९३ को दक्षिण एसियाली खेलकुदमा नेपालले स्वर्णपदक जित्दाका प्लेमेकर रहेका ५१ वर्षीय शाहको केही वर्षअघि लिभरमा समस्या देखिएको थियो। त्यसैले उनी पटक–पटक उपचारका लागि अस्पताल धाउने गरेका थिए। हल्का ज्वरो आएपछि आइतबार उनलाई नर्भिक अस्पताल भर्ना गरिएको थियो। डा.सुधांशु केसी र जेन्टलसुन्दर श्रेष्ठले उनको उपचार गरिरहेका थिए। कान्तिपुरबाट

शाहलाई आज बिहान ५ बजेदेखि भेन्टिलेटरमा राखिएको र साँझ १७:४२ बजे चिकित्सकले मृत घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) का मानार्थ उपाध्यक्ष शिक्षित पारजुलीले बताए। राष्ट्रिय टोलीका पूर्व कप्तान शाहको उपचारको सम्पूर्ण खर्च एन्फाले बेहोरिरहेको छ।
मनाङमर्स्याङदी क्लबका पूर्वखेलाडी शाहको पार्थिव शरीरलाई श्रद्धान्जलीका लागि मंगलबार दशरथ रंगशाला परिसरमा बिहान ९ बजेदेखि ११ सम्म राखिने र त्यसपछि आर्यघाट लगिने एन्फाले जनाएको छ।
243 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank