पूर्व भारतीय अर्थमन्त्री जेट्लीको निधन

शनिबार, भदौ ७, २०७६



काठमाडौं । पूर्व भारतीय अर्थमन्त्री तथा भरतीय जनता पार्टीका नेता अरुण जेटलीको निधन भएको छ ।

पूर्व अर्थमन्त्री जेट्लीको शनिबार ६६ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन ।

श्वासप्रश्वासमा समस्या देखा परेपछि उनलाई अगस्ट ९ तारिखमा दिल्लीको एम्स अस्पतालको आइसियूमा  भर्ना गरिएको थियो। गत मेमा जेट्लीले प्रधानमन्त्री मोदीलाई पत्र लेखी स्वास्थ्यमा समस्या आएकाले नयाँ सरकारमा आफूलाई जिम्मेवारी नदिन आग्रह गरेका थिए।

जेट्लीको निधनमा भारतीय गृहमन्त्री अमित शाह लगायतका नेताहरुले दुख व्यक्त गरेका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata