साहित्यकार तथा सञ्चारकर्मी दाहाल यज्ञनिधिको निधन

शुक्रबार, साउन २५, २०७५

काठमाडौं । साहित्यकार तथा सञ्चारकर्मी दाहाल यज्ञनिधिको निधन भएको छ। फेरिएको मृर्गौलाले काम नगरेपछि लामो समयदेखि डायलसिस गर्दै आएका दाहालको शुक्रबार निधन भएको हो ।

बुधबार बिहान घरमै लडेपछि गम्भीर बिरामी भएका दाहालको सुमेरु अस्पतालमा उपचारका क्रममा शुक्रबार निधन भएको हो । उनी ‘जदौ’ उपनामले समेत चिनिन्थ्ये । नियमित डाइलसिसका लागि जान खाना खाइसकेर जुठो थाल धारामा राखेर फर्किदै गर्दा दाहाल लडेका थिए।

बुधबार नियमित डाइलसिसका लागि ट्याक्सी चढेर राष्ट्रिय मृर्गौलारोग उपचार केन्द्रमा पुगेका दाहाललाई त्यहाँ समस्या देखिएपछि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालको इमर्जेन्सिमा भर्ना गरिएको थियो। न्यूरो अस्पतालको आइसियुमा राखेर दुई दिन उपचार गरिएपछि शुक्रबार उनलाई सेमेरु अस्पताल रिफर गरिएको थियो।

शुक्रबार साँझ दाहालको धापाखेलस्थित सुमेरु अस्पतालमा निधन भएकोपारिवारीक स्रोतले जनाएको छ ।

198 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank