एकै परिवारका ११ जनाको झुण्डिएको अवस्थामा शव फेला

आइतवार, असार १७, २०७५



काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीस्थित एक घरमा ११ जनाको शव झुण्डिएको अवस्थामा फेला परेको छ ।

११ शव मध्ये १० जनाको आँखामा पट्टी बाँधेर झुण्डिएको र १ जनाको शव भने भुइँमा लडिरहेको अवस्थामा फेला परेको अन्तराष्ट्रिय संञ्चार माधयमले जनाएका छन् ।

मृतकहरु एकै परिवारका सदस्य रहेको र जसमा ७ जना महिलासहित ४ जना पुरुष रहेको बताइएको छ। ११ जना मृतक मध्ये ३ जना टीनएजर्सु र एक ७५ वर्षीया वृद्धा रहेका छन्। प्रहरीले छिमेकीहरुसँग सोधपुछ गरेर अनुसन्धान गरिरहेको जनाएको छ।

दिल्लीको सन्तनगरस्थित बुरारी क्षेत्रमा रहेको घरमा ११ जनाको शव भेटिएसँगै प्रहरीले उक्त क्षेत्रमा नाकाबन्दी गरेर अनुशन्धान सुरु गरेको छ। उक्त परिवारले सोही क्षेत्रमा खुद्रा र प्लाइउडको पसल संचालन गर्दै आएका थिए।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata