आमाछोरीको शव फेला, हत्या गरेको आशंका

मङ्लबार, मंसिर २४, २०७६



काठमाडौं । वीरगञ्ज महानगरपालिका १२ मुर्ली नयाँ टोलमा आमा छोरीको शव फेला परेको छ ।  सोमबार राति बन्द कोठाबाट आमाछोरीको शव फेला परेको प्रहरीले जनाएको छ ।

बाराको कलैया २६ महेशपुर बस्ने पवन साहकी २५ बर्षिया श्रीमति र दुई बर्षिय छोरीको शव सडेको अवस्थामा फेला परेको हो । मृतकका पति पवन साह फरार रहेकाले खोजी भैरहेको प्रहरीले जनाएको छ । पवन हत्यापछि शव छोडेर भागेको  हुन सक्ने प्रहरीले आशंका गरेकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments