जंगलमा शंकास्पद अवस्थामा दुई जनाको शव फेला

शुक्रबार, जेष्ठ ३, २०७६



काभ्रे । शंकास्पद अवस्थामा रोशी गाउँपालिका–१० वाल्टिङस्थित भाङ्गेटारमा दुई जनाको शव फेला परेको छ ।

धारामा पानी नआएपछि बुधबार मुहान हेर्न गएका सोही वडाका अन्दाजी ५० वर्षीय सञ्चर सिं लामा र ४० वर्षीय नरबहादुर लामा मृत अवस्थामा फेला परेका वडा अध्यक्ष दुधराज तामाङले बताए ।

उनीहरुसँगै गएको कुकुर पनि सोही ठाउँमा मरेको अवस्थामा भेटिएको अध्यक्ष तामाङले बताए । शरीर केही जलेको जस्तो, एक जनाको आँखा फुटेको र अर्कोको कपडा च्यातिएको अवस्थामा शव फेला परेको छ ।

घटनाको अनुसन्धानका लागि प्रहरी घटनास्थल प्रस्थान गरिसकेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank