सरसफाई क्रममा सगरमाथामा भेटिएका चारवटा शव काठमाडौं ल्याइने

सोमवार, बैशाख १६, २०७६



काठमाडौं । सगरमाथाको सरसफाई गर्ने क्रममा भेटिएका चारवटा शव काठमाडौं ल्याइने तयारी भएको छ । सगरमाथाको वरपर सरफाई गर्ने क्रममा भेटिएका चारवटा शवलाई काठमाडौं ल्याउन लागिएको हो ।

आठ जना सेर्पाको टोलीले सगरमाथा वरपर सरसफाई गरिरहेका छन् । उनीहरुले अहिले आधार शिविरबाट टु तर्फ अघि बढिरहेका छन् । टोलीले हाल सम्म तीन हजार किलो फोहोर र संकलन गरिसकेको छ । विभागका अनुसार सो टोली साउथकोलसम्म पुग्नेछ र यो सिजनको अन्तिम आरोही दल फर्केपछि मात्र फर्किनेछ ।

दुई हजार किलो फोहोर ओखलढुंगामा र एक कजार किलो काठमाडौं ल्याइसकेको पर्यटन विभागका महानिर्देशक डुण्डुराज घिमिरेले जानकारी दिए । केहि आरोही आरोणका क्रममा लडेर मृत्यु हुँदा शव अलपत्र परेका थिए । संकलित काठमाडौंसम्म ल्याउन नेपाली सेनाको एमआई १७ हेलिकोप्टरसहितको टोलीले सहयोग गर्नेछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank