ज्युँदी महिलालाई पनि मृत प्रमाणित !

बिहिबार, अशोज २५, २०७५

काठमाडौं । बाटुलीमाया चेपाङको नागरिकतामा जन्म मिति २००१ साल छ । उनले राज्यले दिने बृद्ध भत्ता बुझ्दै आएकी थिइन् । गएको साउनमा आफ्नो भत्ता लिन उनी वडा कार्यालय पुगिन् । कालिका नगरपालिका ११ वाङथालमा उनको घर छ । घरदेखि दुइ घण्टा परको वडा कार्यालय पुग्दा कर्मचारीले उनलार्य बृद्धभत्ता नपाउने बताए ।

वडा कार्यालयमा उनको मृत्यु भएको विवरण पुगेको थियो । मरको मान्छेले कसरी भत्ता पउने ? बृद्धा बाटुली गाउँमा बिलौना गर्दै हिँड्न थालिन् म त मरी सकेछु । अबदेखि भत्ता पाउन्न रे ।

केहि युवाले सोधखोज गर्दा पत्ता लाग्यो बाटुलीको निधन ०७४ सलको पुस १७ गते भएको कागजपत्र वडा कार्यालयमा रहेछ ।,कान्तिपुरबाट

169 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank