पूर्वसांसद जोशीको निधन
बुधबार, साउन १६, २०७५

बैतडी । नेपाली कांग्रेस बैतडीका संस्थापक सभापति एवं पूर्वसांसद कृष्णकुमार जोशीको मंगलबार निधन भएको छ ।
मेलौली नगरपालिकाको सलेना घर भएका जोशीको काठमाडौँमा ७३ वर्षको उमेरमा निधन भएको नेपाली काँग्रेस बैतडीका उपसभापति चतुरबहादुर चन्दले जानकारी दिए ।
जोशी २०३४ सालमा नेपाली कांग्रेस बैतडीको सभापति समेत हुन । विसं २०४४ मा कांग्रेसको केन्द्रीय सदस्य बनेका जोशी २०४८ सालमा बैतडी क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।
स्व. जोशीका दुई छोरा र तीन छोरी छन् । उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि अहिले कांग्रेस केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा राखिएको छ । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने छ ।
110 पटक पढिएको
Loading...
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments