धादिङमा पहिरोमा परि ५ जनाको मृत्यु

बिहिबार, असार १४, २०७५



मलेखु । धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने सत्यदेवी र मार्पाकमा गएराति पहिरो जाँदाएकै घरका तीन सहित पाँच मृत्यु भएकाे छ ।  । ७ घर पहिरोले पुरिएका छन्। ४ जना घाइते भएका छन्।

दुई दिनदेखि परेको अविरल वर्षाका कारण खनीयाबास गाउँपालिका–५ स्थित सत्यदेवीको साईश्वाँरामा गोले जेठा भनिने राजु गोलेको घर पहिरोले बगाउँदा गोलेकी श्रीमती ३६ वर्षीया वसोधा, छोरीहरु १० वर्षीया लक्ष्मी र ५ वर्षीया सरस्वती र बसन्ती, शमेर घले, कोप्ची घलेको पहिरोमा परी मृत्यु भएको हो। उनीहरुको शव आज बिहान पहिरोबाट निकालिएको छ।

सो पहिरोबाट एक जनालाई घाइते अवस्थामा गाउँवासीले उद्धार गरी सत्यदेवी स्वास्थ्यचौकीमा उपचारका लागि पठाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले बताए।

खनीयावास गाउँपालिका–४, चिउरीखर्कमा पहिरोले एक घर पुरिएको छ। सो पहिरोमा परी शम्शेर घले र कोप्ची घले बेपत्ता भएको इलाका प्रहरी कार्यालय, दार्खाका प्रहरी हवल्दार मनोज श्रेष्ठले जानकारी दिए। अहिले घाइतेहरको उपचारका लागि स्वास्थ्यकर्मीको टोली घटनास्थल पुगेको छ ।

यसैगरी, नेत्रावती डपजोङ गाउँपालिकाको मार्पाकमा ५ घर पहिरोले बगाएकोे छ। घटनास्थल सदरमुकामबाट एक दिनको पैदल दुरीमा पर्दछ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank