तीव्र हावाहुरीका कारण ७१ जनाको मृत्यु

सोमवार, बैशाख ३१, २०७५



काठमाडौं । भारतमा विभिन्न प्रान्तमा तीव्र गतिमा चलेको हावाहुरीका कारण ७१ जनाको मृत्यु भएको छ । दिल्ली मौसम विभागका अनुसार आइतवार राजधानी दिल्लीको आसपासका क्षेत्रमा प्रतिघण्टा १०९ किलोमिटर प्रतिघण्टा तीव्र गतिमा हावाहुरी चलेको जनाएको छ ।

तीव्र हावाहुरीका कारण उत्तर प्रदेशमा ४२ जनाको मृत्यु हुनाका साथै ८० बढी घाइते भएका छन् । यस्तै पश्चिम बंगालमा १४, आन्द्र प्रदेशमा १२ जना दिल्लीमा २ र हरियाणामा एक जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट मार्फत मृत्यु हुनेको प्रति दुख ब्यक्त गर्दै घाइतेहरको सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । हावाहुरीमा परि घाइतेहरको सङ्ख्या बढ्न सक्ने जनाएको छ ।

134 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank