वर्षाका कारण भारतको उत्तर प्रदेशमा १८ को मृत्यु

शुक्रबार, बैशाख २८, २०७५



नयाँ दिल्ली । उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा वर्षा र आँधीका कारण भएका दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १८ पुगेको छ ।

यस प्रकोपमा परी बिहीबार बेलुकासम्म १६ व्यक्तिको मृत्यु भएको बताइएको थियो । इतावाह र आग्रामा थप दुई व्यक्तिको मृत्यु भएको बताइएको छ ।

अल इन्डिया रेडियाका अनुसार वर्षा र आँधी सम्बन्धित घटनाबाट प्रभावित आग्रा, फिरोजबाद र मथुरामा ठूलो संख्याका नागरिक प्रभावित भएका छन् ।

यसैगरी दक्षिण भारतको आन्ध्रप्रदेशमा एक डुङ्गामा शुक्रबार आगलागी भएको छ ।

गोदावरी नदीमा सवार सो डुङ्गामा एक सय जना व्यक्ति रहेका अधिकारीले जनाएका छन् । यस दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।

44 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank