बलास्टिङ गर्दा उछिटिएको ढुङगा लागेर दुई मजदुरको मृत्यु

बुधबार, बैशाख २६, २०७५



डोल्पा । बलास्टिङको क्रममा उछिट्टिएको ढुंगा लागेर दुई मजदुरको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा रुकुम जिल्ला आठबिसकोट नगरपालिका–१० बस्ने अन्दाजी २१ वर्षीय देवबहादुर चन्द र सोही नगरपालिका–१२ बस्ने अन्दाजी २९ वर्षीय अमृत रानामगर रहेको प्रहरीले जनाएको छ ।  जाजरकोट डोल्पा सडकखण्ड अन्तर्गत खदाङ त्रिपुराकोट सडकखण्ड निर्माणका लागि चिप्लेभिरमा काम गर्दै आएका मजदुरको ब्लास्टिङ गर्दा उछिट्टिएको ढुंगा लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

त्यस्तै घाइर््ते हुनेमा सोही नगरपालिका–९ बस्ने ४१ वर्षीय शक्तिबहादुर शाही गम्भीर घाइते भएको समेत प्रहरीले जनाएको छ। घाइतेको रुकुम जिल्ला असपतालमा उपचारका लागि लगिएको छ भने मृतक दुई जनाको शव घरतर्फ लगिएको प्रहरीले जनाएको छ।

52 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank