दुई झाक्री कर्णालीमा हाम फाल्दा, एकको मृत्यु एक वेपत्ता

आइतवार, बैशाख १६, २०७५



काठमाडौं । शक्ति देखाउने भन्दै बाजुराको जगन्नाथका दुई धामीले कर्णालीमा हाम फालेका छन् ।  नदीमा हाफ फाल्दा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय, बाजुराले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार मृत्यु हुनेमा ६१ वर्षीय मानबहादुरसिंह विष्ट रहेका छन् भने ५३ वर्षीय जयबहादुर विष्ट बेपत्ता भएका छन् ।

 बगरमा बसेर काम्दै काम्दै दुवै जना नदीमा हाफ फालेको स्थानीयले बताएका छन्। यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

140 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank